काठमाडौं, भदाै २६ । नेपाली बजारमा शुक्रबार सुनचाँदीकै मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलाको ३ सय र चाँदी १५ रुपैयाँले सस्तिएको हो ।

छापावाल सुन बिहीबार ९६ हजार ८ सयमा कारोबार भएकामा शुक्रबारका लागि ९६ हजार ५ सय कायम भएको छ ।

तेजाबी सुन तोलाको ९६ हजार रुपैयाँमा झरेको छ ।

चाँदी भने तोलाको १३ सय १० रुपैयाँमा किनबेच भइरहेको छ । बिहीबार चाँदीको मूल्य १३ सय २५ रुपैयाँ प्रतितोला कायम थियो ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.