एक जिल्लाबाट अर्को जिल्ला जानेले आफ्नै खर्चमा १४ दिन क्वरेण्टीनमा बस्नुपर्ने


काठमाण्डाै, भदाै २६ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विदेशबाट आउने वा एक जिल्लाबाट अर्को जिल्लामा जानेलाई अनिवार्य १४ दिन क्वरेण्टीनमा बस्नुपर्ने नियम बनाएको छ । 

त्यस्ता व्यक्तिले १४ दिन क्वरेण्टीनमा बस्दा आफैले सम्पूर्ण खर्च बेहाेर्नुपर्ने मन्त्रालयले जनाएकाे छ । 

कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएको र पीसीआर परीक्षण महँगो पर्ने भएकाले १४ दिन अनिवार्य क्वरेण्टीनमा बस्नुपर्ने नियम बनाएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो । 

१४ दिन क्वरेण्टीनमा बस्दा कुनै लक्षण नदेखिएमा भने पीसीआर परीक्षण गर्नुपर्ने छैन । यस्तै ७२ घण्टाअघिको पीसीआर रिपोर्ट नेगेटिभ भएकालाई मात्र नेपाल आउन अनुमति दिइने मन्त्रालयले जनाएको छ ।

गएकाे २४ घण्टामा एक हजार दुई सय ४६ जनामा सङ्क्रमण देखिएसँगै नेपालमा सङ्क्रमितकाेे कुल सङ्ख्या ५० हजार नाघेकाे छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope