चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढीपहिरोको समेत जोखिम


काठमाडौं, भदाै २६ । देशभरको मौसममा सामान्यदेखि पूर्ण बदली भई केही स्थानहरूमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

काठमाडौं उपत्यकाको साथै गण्डकी प्रदेशका एक/दुई  स्थानमा अहिले भारी वर्षा भइरहेको छ। 

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही  केही स्थानहरूमा  मेघगर्जन/चट्याङसहित  हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार प्रदेश १, २, बागमती  र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षा हुनसक्ने छ। 

आगामी २४ घण्टा प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरू आसपास भएर बहने नदीमा नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भन्दै मौसम पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope