काठमाडौं, भदौ २७ । क्यारेबियन प्रिमियर लिग सकेर युवा नेपाली लेग स्पिनर सन्दीप लामिछाने भारतको चर्चित लिग इन्डियन प्रिमियर लिग (आईपिएल) खेल्न संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गरेका छन् ।

ट्रिनडाड एण्ड टोबागोबाट नेपाल नफर्किकनै सन्दीप सोझै युएई प्रस्थान गरेको व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए ।

आईपीएल खेल्न सन्दीपसँगै सीपीएलमा सहभागी अन्य खेलाडी पनि युएईतर्फ लागेका गएका छन् । यस वर्षको आईपीएल कोरोना भाइरसको महामारीका कारण भारतमा नभइ युएईमा हुँदै छ ।

सन्दीपले लगातार तेस्रो वर्ष दिल्ली क्यापिटल्सबाट आईपीएल खेल्दै छन् । आईपीएल आगामी असोज ३ गतेदेखि सुरु हुँदै छ । सन्दीप सम्मिलित दिल्ली क्यापिटल्सको पहिलो खेल असोज ४ गते किंग्स इलाभेन पञ्जावसित हुनेछ । उहाँलाई दिल्ली क्यापिटल्सले रु ३२ लाखमा अनुबन्ध गरेको हो ।

यस अघि सन्दीप सिपिएल खेल्न गत साउन १५ गते ट्रिनिडाड एन्ड टोबागो गएका थिए ।
सीपीएलमा सन्दीपले ११ खेलमा १२ विकेट लिनुभएको थियो । उहाँ सीपीएलमा सर्वाधिक विकेट लिनेको सूचीमा छैटांै स्थानमा रहनुभयो ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.