काठमाडौं, भदाै २७ । काठमाडौंमा आज बिहानै विष्फोट हुँदा एक महिला घाइते भएकी छिन्। 

कागेश्वरी मनहरा नगरपालिका-९ मानेटारमा बिहान करिब ६:०५ बजे ठूलो आवाजमा विष्फोट भएको थियो।

विष्फोटमा परी स्थानीय मीरा ओझा घाइते भएकी छिन्। उनलाई उपचारको लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ। 

विष्फोट मीराको भान्साकोठामा भएको थियो। विष्फोटबाट भान्साकोठा क्षतविक्षत भएको छ।

घरमा मीरासँगै छोरी र श्रीमान रहे पनि भान्सामा उनी मात्र रहेकोबेला विष्फोट भएको प्रहरीले जनाएको छ।

घटनास्थलमा अहिले असई रूपेन्द्र श्रेष्ठको नेतृत्त्वको प्रहरी टोली परिचालित भएको छ।  

ग्यास वा कुकर विष्फोट भएको अनुमान गरे पनि त्यस्तो नदेखिएकोले अन्य विष्फोटक पदार्थ नै विष्फोट भएको हुनसक्ने प्रहरीको अनुमान छ। घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.