एजेन्सी, भदाे २७ । इङ्ग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन आजदेखि सुरु हुँदै छ ।
कोरोना भाइरसको महामारीका कारण स्थगित भएको प्रिमियर लिग बन्द रङ्गशालामा गरेर सकिएको थियो ।
गएकाे सिजनमा लिभरपुलले प्रिमियर लिग जित्न सफल भएको थियो । नयाँ सिजनको पहिलो दिन आज चार वटा खेल हुने भएका छन् ।
तर, म्यानचेस्टर सिटी र एस्टोन भिल्ला तथा म्यानचेस्टर युनाइटेड र बर्नलेबीचको खेल भने स्थगित भएको छ ।
च्याम्पियन लिग खेलेकाले पहिलो चरणको खेल स्थगित गरेर रेस्ट टाइम दिइएको हो । प्रतियोगिता अन्तर्गत फुलह्याम र आर्सनलको खेल पहिलो खेल हुने छ ।
यो खेल नेपाली समय अनुसार सवा ५ बजे फुलह्यामको मैदानमा खेल हुने छ ।
कोरोना भाइरसको महामारीका कारण नयाँ सिजन पनि बन्द रंगशालामै सुरु हुन लागेको हो ।
यसैगरी पौने आठ बजे क्रिष्टल प्यालेस र साउथ ह्याम्पटन भिड्ने छन् ।
राति सवा १० बजे लिभरपुल र लिड्सबीचको खेल सुरु हुने छ । लिभरपुल च्याम्पियन क्लब हो भने लिड्स यसै सिजन प्रिमियर लिगमा बढुवा भएको हो ।
राति पौने १ बजे वेस्टह्याम युनाइटेड र न्युक्यासल युनाइटेड आमने सामने हुने छन् ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com