नेकपाको विवादले टुङ्गो पाउने संकेत

२७ भाद्र २०७७, शनिबार ०५:१२

काठमाडौं, भदौ २७ । एकता लगत्तै सुरु भएको नेकपा विवादले शुक्रबार एउटा मोड लिएको छ । लामो समय देखी आपसी खटनपटनमा परेका शीर्ष नेताको शुक्रबार एक खालको सहमति जुटेको छ । यस अघि पनि सहमती नभएका पनि होइनन ।

सहमती खोजेर अगाडि बढ्ने सहमति बाहेक अन्य केही हुन सकेको थिएन । तर अहिले पार्टी सञ्चालन र सरकार सञ्चालनका लागि नेकपाका शीर्ष नेताहरु सहमत भएका छन् । यो सहमतीका लागि सत्तारुढ दल नेपाल नेपाल कम्युनिस्ट पार्टीको स्थायी समिति बैठक विभिन्न निर्णय शुक्रबार ग¥यो ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अध्यक्ष केपी ओली सरकारको काममा केन्द्रीत हुने र प्रचण्ड कार्यकारी अध्यक्षको भूमिका सहित पार्टीको नेतृत्वमा रहने निर्णय गर्दै सम्पन्न भएको हो ।

बैठकले सरकारको काम कारबाहीमा पार्टीले हस्तक्षेप नगर्ने तर महत्वपूर्ण मुद्धा र विषयमा भने पार्टीसँग समन्वय गरेर मात्रै निर्णयमा पुग्ने निर्णय गरेको छ । बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्षको कार्यविभाजन टुंगो लगाइएको भन्दै प्रधानमन्त्री समेत रहेका ओली सरकारका काम कारबाहीमा केन्द्रीत रहने निर्णय भएको बताउनुभयो ।

शुक्रबारको बैठकमा स्थायी समिति सदस्यहरु रघु पन्त, लिलामणि पोख्रेल, भीम आचार्य, माधव नेपाल, अष्ठलक्ष्मी शाक्य, युवराज ज्ञवाली, देव गुरुङ, घनश्याम भुसाल, मातृका मात्रिका यादव, भीम रावल अमृत बोहरा, झलनाथ खनाल र नारायणकाजीले आफ्नो धारणा राख्नुभएको थियो ।

पारित प्रस्तावमा राष्ट्रियताको विषयमा एकढिक्का भएर अघि बढ्ने, पार्टीलाई गतिशील बनाउने, विधि र पद्धतिअनुसार अघि बढ्ने, पार्टीका निर्णयलाई कार्यान्वयनमा लैजाने जस्ता विषय रहेका छन ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.