काठमाण्डाै, भदाै २७ । गएको २४ घण्टामा नेपालमा १ हजार २ सय २ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ ।
१० हजार १ सय ७६ जनाको पीसीआर भएकोमा १ हजार २ सय २ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । यो सँगै सङ्क्रमितको संख्या ५३ हजार १ सय २० पुगेको छ ।
आज नेपालमा १५ हजार २ सय ६० जना सक्रिय सङ्क्रमित छन् । यस्तै गएको २४ घण्टामा ८ सय ५२ जना कोरोनामुक्त भएका छन् । यो सँगै कोरोनामुक्त हुनेको संख्या ३७ हजार ५ सय २४ पुगेको छ ।
यस्तै गएको २४ घण्टामा १४ जनाको ज्यान गएको छ । कोरोना भाइरसको सङ्क्रमणबाट अहिलेसम्म ३ सय ३६ जनाको ज्यान गएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com