म्याग्दी, भदौ २७ । केही वर्ष भरियामार्फत फाट्टफुट्ट शहरका फलफूल पसलहरुमा देख्दै खाउँखाउँ लाग्ने रसीलो स्याउ भेट्न थालेपछि आयातित कास्मिरी र चिनियाँ स्याउको दाँजोमा मुस्ताङी स्याउ ग्राहकको रोजाइमा पर्न थालेका छन् ।

म्याग्दीको बेनीदेखि मुस्ताङको जोमसोमसम्म सडकमार्ग जोडिएपछि मुस्ताङी स्याउले देशका विभिन्न शहर बजारमा बजार पाउन थालेका छन् । मुस्ताङका व्यापारीले फलाएको स्याउ देशैभरी प्रसिद्ध भएपछि मुस्ताङी किसानहरुमा जाँगर पलाएको छ ।

स्याउको राजधानी भनेर चिनिने मुस्ताङको स्याउ अहिले शहर पस्ने तयारीमा छ। स्याउ खरिद गर्नका लागि व्यापारीहरु मुस्ताङका स्याउ बगैँचामा पुगेर स्याउ टिप्दै छन । पाकेपछि किसानहरु स्याउ टिप्ने र बजार पठाउने तयारीमा जुटेका हुन ।

गत वर्ष मुस्ताङबाट ५ हजार ५२८ मेट्रिक टन स्याउ निर्यात भएको थियो। मुस्ताङमा गत वर्ष १२ सय हेक्टर जमिनमा स्याउ लगाइएकोमा घरपझोङ गाउँपालिकामा दुई हजार ६९४, बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिकामा एक हजार ३७०, थासाङ गाउँपालिकामा एक हजार ३६०, लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा १०० र लोमान्थाङ गाउँपालिकामा तीन मेट्रिक टन स्याउ उत्पादन भएको परियोजना कार्यान्वयन इकाइको तथ्यांक छ ।

अहिले मुस्ताङको स्याउ खरिद गर्न विभिन्न जिल्लाबाट व्यापारीहरु मुस्ताङ आएर क्वारेन्टाइनमा बसेको हुँदा अबको केही समयमा नै स्याउ बजारमा जानेछन् ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.