भारतमा रोकिएन कोरोना संक्रमण बढ्ने दर : एकैदिन ९६ हजार ५५१ संक्रमित थपिए


काठमाडौं, भदाै २७ । भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै ९६ हजार ५५१ कोरोना संक्रमित थपिएका छन् । अघिल्लो २४ घण्टामा ९५ हजार ७३५ कोरोना संक्रमित थपिएका थिए । 

पछिल्लो २४ घण्टामा १ हजार २०९ कोरोना संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । 

भारतमा हालसम्म ४५ लाख ६२ हजार ४१४ जनामा कोरोना संक्रमण देखिसकेको तथ्यांकमा उल्लेख छ । 

भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७६ हजार २७१ पुगेको छ । 

भारत विश्वमै सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा अमेरिकापछि दोस्रो स्थानमा छ भने मृत्यु हुनेको सूचिमा अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ । 

भारत कोरोना संक्रमणको इपिसेन्टर बनेको छ । दैनिक ९६ हजारसम्म कोरोना संक्रमण पहिचान भइरहेको भारतमा संक्रमणको दर बढ्दै गइरहेको छ । लकडाउन–लुज डाउनको नीति अख्यिार गर्दै सार्वजनिक सवारी तथा रेल सेवा सञ्चालनमा आएसँगै भारतमा कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको तथ्यांकले देखाएको छ । 

९६ हजार ५५१ कोरोना संक्रमित एकैदिन देखिने विश्वमै भारत मात्रै हो । अमेरिकामा एकैदिन सबैभन्दा धेरै ७४ हजार र ब्राजिमा ६९ हजारसम्म संक्रमित भेटिएका थिए । 

भारत १ अर्ब ३८ करोड जनसंख्या भएको देश हो । 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope