एजेन्सी, भदौ २७ । इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले तीन खेलको एक दिवसीय सिरिज अन्तर्गत पहिलो खेलमा सुखद नतिजा निकालेको छ ।

भ्रमणकारी टोली अस्ट्रेलियाले घरेलु टोली इङल्यान्डलाई १९ रनले हराउँदै सिरिजमा अग्रता लिएको हो । यस अघि अस्ट्रेलियाले ट्वान्टी–२० सिरिज भने २–१ ले गुमाएको थियो ।

ओल्ड ट्रयाफोर्ड, म्यानचेस्टरमा सम्पन्न खेलमा अस्ट्रेलियाले दिएको २ सय ९५ रन लक्ष्य पछ्याउने क्रममा इंग्ल्यान्डले ५० ओभर ब्याटिंग गर्दै ९ विकेट गुमाएर मात्र २ सय ७५ रन मात्र बनाउन सक्यो ।

इंग्ल्यान्डको लागि छैठौं नम्बरका ब्याट्सम्यान स्याम बिलिंग्सले करियरकै पहिलो शतक बनाए पनि जितका लागि पर्याप्त भएन । उनले ११० बलमा १४ चौका र २ छक्का मद्दतले १ सय १८ रन बटुल्न सफल भएका थिए ।

ओपनर जोनी बेयरस्टोले १०७ बलमा ४ चौका र ४ छक्का मद्दतले ८४ रन बनाए । कप्तान ओएन ओर्गनले २३ र क्रिस वोक्सले १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङ तर्फ अस्ट्रेलियाका लेग स्पिनर जाम्पाले सर्वाधिक ४ विकेट आफ्नो नाममा लेखाउँदा हेजलवुडले ३ तथा प्याट कमिन्सले र मिचेल मार्शले समान १/१ विकेट लिए ।

यस अघि टस हारेर ब्याटिंग गरेको अस्ट्रेलियाले ५० ओभर ब्याटिंग गर्दै ९ विकेट गुमाएर २ ९४ रन बनाएको थियो।

खेलमा ग्लेन म्याक्सवेलले सर्वाधिक ७७ रनको योदान गर्दा मिचेल मार्सले ७३ रनको पारी खेले । ५९ बलमा सामना गरेका म्याक्सवेलले ४ चौका र ४ छक्का प्रहार गरे ।

यस्तै मिचेल मार्शले ११० बलमा ६ चौका मद्दतले ७३ रन बनाएका थिए । मार्कस स्टोइनिसले ४३ रन बनाउँदा मार्नस लाबुसेनले २१, आरोन फिन्चले १६, एलेक्स केरे १० तथा डेभिड वार्नरले ६ रनमा पवेलियन फर्किए । अविजित रहेका मिचेल स्टार्कले १९ रन जोडे ।

अनुभवि ब्याट्सम्यान स्टिभ स्मिथ बिना मैदान उत्रिएको अस्ट्रेलियाविरुद्ध इङ्ल्यान्डका जोफ्रा आर्चर र मार्क उडले समान ३/३ विकेट लिए ।

यस्तै अदिल रासिदले २ तथा क्रिस ओक्सले १ विकेट हात पारे । स्मिथको बिहिबार अभ्यासको क्रममा टाउकोमा चोट लागेपछि जांच भइरहेको छ ।

उनि दोश्रो खेल खेल्ने या नखेल्ने अनिश्चत छ । सिरिज अन्तर्गत दोश्रो खेल सेप्टेम्बर १३ (आइतबार) तथा तेश्रो खेल सेप्टेम्बर १६ (बुधबार) मा हुनेछ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.