काठमाडौं, भदौ २८ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को पीसीआर परीक्षण शुल्का दुई हजार तोकेको छ ।

मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अब सबै प्रयोगशालाले पीसीआर परीक्षणको अधिकतम शुल्क दुई हजार तोकिएको जानकारी दिएका हुन ।

बजारमा रिएजेन्ट र पीसीआरका अन्य सामानको मूल्य घटेको आधारमा परीक्षण शुल्क पनि घटाइएको प्रवक्त गौतमले जानकारी दिए ।

यसअघि मन्त्रालयले पीसीआर परीक्षणका लागि चार हजार ४०० तोकेको थियो । नेपालमा अहिलेसम्म आठ लाख ४० हजार ५२७ जनाको पीसीआर परीक्षण गरिएको छ ।

त्यसमध्ये ५४ हजार १५९ जना सङ्क्रमित भएका छन् । दैनिक करिब १० हजारको सङ्ख्यामा पीसीआर परीक्षण भइरहेको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.