अमेरिकीको अरेगोन राज्यमा डडेलो, ८ को मृत्यु दर्जनौं बेपत्ता

२८ भाद्र २०७७, आईतवार ०५:४०

एजेन्सी, भदौ २८ । संयुक्त राज्य अमेरिकाको उत्तर पश्चिमी राज्य अरेगोनमा केही दिन पहिलेदेखि जङ्गलमा फैलिएको डढेलोका कारण शनिबारसम्म मृत्यु हुनेको संख्या आठ पुगेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

शनिबार विहान सम्म अरेगोनका गभर्नर केट ब्राउनले फैलिएको डढेलोका कारण दर्जनौं मानिस अझै हराइरहेको बताए ।

अधिकारीहरूले प्रभावित क्षेत्रका वासिन्दालाई सुरक्षितस्थलतर्फ जान आग्रह गरेका छन भने उक्त स्थलमा हजारौं संरचनाहरू डढेलोले विनास गरेको बताएका छन ।

अधिकारीहरूले डढेलोका कारण मृत्यु भएका व्यक्तिको एकीन विवरण आधिकारिक रूपमा सार्वजनिक गरिसकेका छैनन ।

उपनगरीय इलाका तथा ओरेगोनको अति घना वस्तीहरूमा ती दुई विशाल डढेलो मिसिने खतरा रहेको अधिकारीहरूले बताएका छन ।

डढेलोका कारण ४० हजार ओरेगोनियालीलाई घरबाट सुरक्षित स्थलमा सारिएको छ भने करिब पाँचलाख व्यक्तिलाई सुरक्षित स्थलमा सानुपर्ने सम्भावना रहेको भन्दै सबैलाई तयारी अवस्थामा रहन निर्देशन गरिएको छ ।

मौसममा देखिएको परिवर्तनका कारण ओरेगोनमा लागेको विशाल डढेलोलाई निभाउने प्रयास भइरहेको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.