एजेन्सी, भदाै २८ । जापानी खेलाडी नाओमी ओशाका दुई वर्षपछि पुनः युएस ओपन च्याम्पियन बनेकी छन्।
न्यूयोर्कमा भएको फाइनलमा भिक्टोरिया अजारेन्कालाई पराजित गरेर ओशाकाले युएस ओपनको महिला एकल तर्फको उपाधि जितेकी हुन् ।

सन् २०१८ मा पनि उपाधि जितेकी चौथो बरियताकी २२ वर्षे ओशाकाले बेलारुसकी अजारेन्कालाई १–६, ६–३ र ६–३ को सेटमा पराजित गरेकी हुन् ।
सन् २०१३ पछि पहिलोपटक प्रमुख प्रतियोगिताको फाइनलमा पुगेकी अजारेन्काले पहिलो सेटमा जित निकाले पछि त्यसपछि पछि परिन् ।

ओशाकाले खेल जीवनको तेस्रो ग्राण्डसलाम उपाधि जितेकी हुन् । ओशाकाले सन् २०१९ मा अस्ट्रेलियन ओपन टेनिसको उपाधि जितेकी थिइन् ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com