काठमाडौं, भदाै २८ । साताको पहिलो दिनको सेयर कारोबारमा दोहोरो अंकको सुधार भएको छ ।

कारोबार सुरु गरेको आधा घन्टा नपुग्दै टिएमएसमा समस्या आएपछि कारोबार रोकिएको थियो । पुन २ बजेर १५ मिनेट बाट ५ बजार १५ मिनेटसम्म कारोबार भएको छ । यो दिनको कारोबारमा बजार मापन गर्ने सूचक १६.५६ अंकले बढेर १५३७.२५ बिन्दुमा रोकिएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.५९ अंकले बढेर ३०३.९७ बिन्दुमा रोकिएको छ । १९१ कम्पनीको ७१ लाख ७९ हजार ८ कित्ता सेयर ३ अर्ब ३७ करोड ४१ हजार ४४ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा बैंकिङ समूहको उपसूचक ५.८२, होटल ५७.९६, जलविद्युत ४०.१५, निर्जीबन बीमा ३२४.१५, जीवन बीमा समूहको उपसूचक २८३.८८ अंकले बढेको छ ।
कारोबार रकमको आधारमा नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको २४ करोड २० लाख ३२ हजार ३८८ रुपैयाँको कारोबार भएको छ । दोस्रो र तेस्रो स्थानमा नेपाल लाइफ र नागरिक लगानी कोष रहेको छ ।

रिलायन्स लाइफ इन्स्योरेन्स, एनआएन लघुवित्त वित्तीय संस्थाको कारोबारमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट, राधी विद्युत कम्पनीका लगानीकर्ताले कमाएका छन् भने नबिल ब्यालेन्स फण्ड–२, दिव्यश्वरी हाईड्रोपावर, आँखुखोला जलविद्युत कम्पनी, नागरिक लगानीकोषका कर्मचारीले गुमाएका छन् ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.