काठमाडौं, भदाै २८ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-७ को पहिरोस्थलको अवलोकनका लागि सभामुख अग्निप्रसाद सापकोटा त्यसतर्फ प्रस्थान गरेका छन्। 

पहिरो प्रभावितलाई भेट्न सापकोटा काठमाडौंबाट बिहान स्थलमार्ग हुँदै गाडीमा सिन्धुपाल्चोक गएका हुन्। सिन्धुपाल्चोक सभामुख सापकोटाको गृह जिल्ला हो। 

सिन्धुपाल्चोक पहिरो अपडेट : दुईको शव भेटियो, २२ जना बेपत्ता

लगातारको भारी वर्षासँगै गएराति पहिरो जाँदा बाह्रबिसेमा १८ घर पुरिएका छन्। पहिरोले पुरिएर एकजनाको मृत्यु भएको १२ जना बेपत्ता भएको मेयर निमफुन्जो शेर्पाले जानकारी दिए। पहिरोबाट भएको क्षतिको पूर्ण विवरण अझै आइसकेको छैन। 

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.