विद्युत प्राधिकरणमा कुलमान घिसिङको कार्यकाल सकियो, कार्यकारी निर्देशकमा घिसिङ नै दोहोरिने

२८ भाद्र २०७७, आईतवार १९:०९

काठमाडौं, भदाै २८ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको कुलमान घिसिङको कार्यकाल सकिएको छ ।

घिसिङको चारवर्षे कार्यकाल आइतबारबाट औपचारिक रुपमा सकिएको हो ।

चार वर्ष अघि भदौ २९ गते कार्यकारी निर्देशकको नियुक्ति पाएका घिसिङले विद्युत प्राधिकरणलाई आम जनताको विश्वासयोग्य संस्था बनाउन सफल भएका छन् ।

कुशल नेतृत्व र व्यवस्थापनसहित देशकै पीडा बनेको लोडसेडिङ घटाउन सफल कार्यकारी निर्देशक घिसिङले प्राधिकरणलाई निरन्तर नाफामा समेत लैजान सफल भएका छन् ।

घिसिङको कार्यकाल समाप्त भएपनि उनलाई नै पुनः कार्यकारी निर्देशक बनाउनुपर्छ भन्ने माग उठिरहेको छ ।

अब बस्ने मन्त्रिपरिषद्ले समेत घिसिङलाई नै नियुक्ति गर्ने उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय स्रोतले बताएको छ ।

यसका लागि मन्त्रालयले मन्त्रिपरिषद्मा छलफल गरिने प्रस्ताव तयार पारिसकेको बताइएको छ ।

घिसिङलाई पुनः कार्यकारी निर्देशक बनाउन नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओली दुवै सकारात्मक भएपछि उनी दोहोरिने निश्चित बनेको हो ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.