सिन्धुपाल्चाेक पहिराे अपडेट : ज्यान गुमाउनेकाे सङ्ख्या ११ पुग्याे, २० अझै सम्पर्कविहीन

२८ भाद्र २०७७, आईतवार १८:१६

सिन्धुपाल्चाेक, भदाै २८ । ठूलाे पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या ११ पुगेको छ । आइतबार दिउँसो थप दुई जनाको शव भेटिएपछि ज्यान गुमाउनेको सङ्ख्या ११ पुगेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

पहिराेमा अझै २० जना हराइरहेका छन् । पहिरोले बाह्रबीसे नगरपालिका ७ को भीरखर्कका १० र नागपूजे गाउँका सात घर पुरिएका छन् ।

​ज्यान गुमाउनेहरुमा ९८ वर्षीया ट्याक्सी शेर्पा, ६२ वर्षीया भक्तिमाया श्रेष्ठ, २३ वर्षीया जुनु विक, २४ वर्षीय सुकलाल विक, आठ वर्षीय सन्देश विक, ६० वर्षीया सर्किनी नेवार र ६५ वर्षीय धनलाल विक रहेका छन् । यस्तै ६० वर्षीया हिरामाया नेवार, ४२ वर्षीया ज्ञानीमाया प्रधान, २५ वर्षीय कर्णबहादुर श्रेष्ठ र पाँच वर्षीया सरस्वती विकको पनि ज्यान गएको छ ।

सुरक्षाकर्मी र स्थानीयबासीले हराएकाहरुको खोजी गरिरहेका प्रहरीले जनाएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.