काठमाडौं, भदाै २८ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर ७ मा खसेको पहिरोमा परेर बेपत्ता भएका  ६ जनाको शव फेला परेको छ ।

दुई ठाउँमा गएको पहिरोमा परि ज्यान गुमाएका ६ जनामध्ये तीन  जनाको परिचय खुलेको छ।

घुम्थाङ नागपुजेमा गएको पहिरोमा पुरिएकी ६३ वर्षीया भक्तिमाया श्रेष्ठ र भीरखर्कको बिक टोलमा पहिरोमा पुरिएकी २० वर्षीया जुनु बिक र  ६० वर्षीया सर्किनी नेवार शव फेला परेको छ।

पहिरोमा परेर अन्य २५ जना बेपत्ता रहेको सिन्धुपाल्चोक प्रहरी प्रवक्ता डीएसपी प्रकाश सापकोटाले बताए। 

नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी, जनप्रतिनिधि स्थानीयले उद्धार र खोजीकार्य जारी राखेको उनले बताए।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.