काठमाडौं, भदाै । काेराेना भाइरसका कारण सञ्चालन हुन नसकेकाे अवस्थामा सरकारले आगामी असोज ५ गतेदेखि आन्तरिक हवाइ उडान सुरु गर्ने भएको छ ।

सरकारले आन्तरिक हवाई उडान र लामो दूरीका गाडी असोज ५ गतेदेखि खुलाउने निर्णय गरेको हाे ।

सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले आन्तरिक हवाई उडान र लामो दूरीका सार्वजनिक यातायात असोज ५ देखि खोल्ने निर्णय गरेको हो। 

कानुन मन्त्री डा. शिवमाया तुम्वाहाङ्फे अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङको प्रस्तावमा आन्तरिक आकाश मार्ग र लामो दूरीको स्थल मार्ग एकै दिन खोल्ने निर्णय मन्त्रिपरिषद्ले लिएको हो। 

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले असोज १ बाटै खोलिदिँदा पनि हुने बताएका थिए। तर यातायात मन्त्र नेम्वाङले लामो समयदेखि थन्किएका गाडी मर्मत सम्हारका लागि व्यवसायीहरुले समय मागेको भन्दै ५ गतेदेखि खोल्दा उचित हुने प्रस्ताव गरेका थिए। 

चैत ११ देखिको चार महिना लामो लकडाउन र त्यसपछिको निषेधाज्ञाका कारण आफूहरु थला परिसकेको जनाउँदै यातायात व्यवसायीहरुले असोज १ गतेदेखि लामो दूरीमा गाडी चलाउने घोषणा गरेका थिए।

यस्तोमा यातायात मन्त्रीसहित सरकारी अधिकारीसँग पनि भएको सम्वादपछि सहमतिको वातावरण बनेको थियो। त्यसक्रममा सरकार यातायात खोल्न तयार भएको थियो।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.