एजेन्सी, भदौ २९ । दोस्रो एक दिवसीय खेलमा अस्ट्रेलियालाई २४ रनले पराजित गर्दै इङ्ल्यान्डले तीन एक दिवसीय सिरिज १–१ को बराबरीमा ल्याएको छ ।

म्यानचेस्टरमा सम्पन्न खेलमा इङ्ल्याडले दिएको २३२ रनको लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाले ४८.४ ओभरमा सबै विकेट गुमाएर २ सय ७ रन बनाउन सक्यो ।

अस्ट्रेलियाको लागि कप्तान आरोन फिन्चले सर्वाधिक ७३ तथा मार्नस लाबुसेनले ४८ रन बनाए ।

ओपनर डेभिड वार्नर ६ तथा मार्कस स्टोइनिस ९ रन बनाएर जोफ्रा आर्चरबाट आउट भएपछि तेश्रो विकेटको लागि फिन्च र लाबुसेनले १०७ रनको साझेदारी गरेका थिए ।

केरीले ३६ रन बनाए भने हेजलवुड ७ रनमा अविजित रहे ।

इङ्ल्यान्डका लागि जोफ्रा आर्चर र क्रिस ओक्सले समान ३/३ विकेट लिए । आदील रशिदले १ विकेट लिन ।

यस अघि टस जितेर ब्याटिङ गरेको इङ्ल्यान्डले ५० ओभरमा ९ विकेट गुमाएर २३१ रन बनाएको थियो । कप्तान इयोन मोर्गनले सर्वाधिक ४२, जो रेटले ३९, टम करनले ३७, आदील रशिदले अविजित ३५ रन तथा जेसन रोयए २१ रन बनाए ।

जोस बटलरले ३ रन बनाउदा अघिल्लो खेलमा शतक बनाएका स्याम बिलिंग्स ८ रन बनाएर आउट भए। जोनी बेयरस्टोले खाता खोल्न सकेनन्।

लेग स्पिनर जम्पाले ३ विकेट लिए । मिचेल स्टार्कले २ विकेट लिए भने जोश हेजलवुड, प्याट कमिन्स र मिचेल मार्शले समान १ विकेट लिए ।


सिरिज अन्तर्गत तेश्रो तथा निर्णायक खेल बुधबार म्यानचेस्टरमा हुनेछ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.