कुलमानको कार्यकाल सकियो, पुनर्नियुक्तिको प्रस्ताव मन्त्रिपरिषद्‍मा जाँदै

२९ भाद्र २०७७, सोमबार ०७:२१

काठमाडौं, भदाै २९ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको रूपमा कुलमान घिसिङको कार्यकालको आज अन्तिम दिन हो ।

उनले चार वर्ष पहिले भदौ २९ गते कार्यकारी निर्देशकको रूपमा नियुक्ति पाएका थिए । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको कार्यकाल ४ वर्ष हुन्छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका अनुसार प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानलाई फेरि नियुक्त गर्ने प्रस्ताव तयार भएको छ ।

उक्त प्रस्ताव आजै वा भोलि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने तयारी भइरहेको छ । ऊ

र्जमन्त्री वर्षमान पुनले उक्त प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी भइरहेकाे छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.