क्याप्टेन विजय लामासहित निगमका दुई वरिष्ठ पाइलटलाई कोरोना संक्रमण

२९ भाद्र २०७७, सोमबार १६:३८

काठमाडौं, भदाै २९ । नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामालाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ। उनी सहित निगमका दुई वरिष्ठ पाइलटमा संक्रमण पुष्टि भएको हो।

संक्रमण पुष्टि भएपछि लामासहित अर्का पाइलट होटल सोल्टीको आइसोलेसनमा पुगेका छन्। स्टार अस्पतालमा आइतवार स्वाब दिएका दुबै पाइलटको सोमवार बिहान संक्रमण पुष्टि भएको हो।

दुबै जनाले निगमको वाइडबडीमार्फत तीन दिन अघिमात्र शान्ति मिसनमा खटिएका नेपाली सेनाको टोलीलाई दक्षिणी सुडान लगेका थिए।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.