गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ४ को मृत्यु, ७ प्रहरीसहित १९ संक्रमित थपिए

२९ भाद्र २०७७, सोमबार १२:४५

कास्की, भदाै २९ । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप एक जनाको मृत्यु भएको छ ।

नवलपरासी ब.सु.पू. मधयबिन्दु–१२ का ६० बर्षीय पुरुषको लुम्बिनी अस्पताल रुपन्देहीमा २६ गते दिउँसो साढे ४ बजे मृत्य भएको हो ।

निमोनिया र श्वासप्रश्वास सम्बन्धि समस्याको उपचार गराइरहेका उनको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको लुम्बिनी अस्पतालले जनाएको छ ।

यसअघि आइतबार थप तीन जनाको मृत्यु भएसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या २८ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

त्यसैगरी गण्डकी प्रदेशमा १९ जना कोरोना संक्रमित थपिएका छन । जसअनुसार कास्कीको पोखरा महानगरपालिकाका १७ जना रहेका छन भने, बाग्लुङका २ जना रहेका छन ।

पोखरा महानगर पालिका वडा नं ४ र १७ का ७ जना पुरुष नेपाल प्रहरी रहेका छन भने वडा नंबर ८ का २१ बर्षीया महिला महानगरपालिकामा कार्यरत स्वास्थ्यकर्मी रहेको निर्देशनालयले जनाएको छ ।

संक्रमित सबैलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोद बिन्दु शर्माले जानकारी दिए ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.