घाइते क्रिकेटर भण्डारीलाई थप उपचारको लागि काठमाडौँ ल्याइने

२९ भाद्र २०७७, सोमबार १२:२८

काठमाडाैं, भदाै २९ । मोटरसाइकल दुर्घटनामा परि घाइते भएका राष्ट्रिय क्रिकेटर ललित सिंह भण्डारीलाई थप उपचारको लागि काठमाडौँ ल्याइने भएको छ।

आइतबार ट्रकको ठक्करबाट घाइते भए पछि उनलाई धनगढीको निसर्ग अस्पतालमा उपचार गरिएको थियो।

धनगढीबाट उनलाई आज राति कोहलपुर ल्याइएको थियो जहाँ उनको सिटि स्क्यान गरिएको थियो। सिटि स्क्यानमा टाउकोमा चोट देखिएको छैन।

उनको दायाँ खुट्टा र दायाँ हातको नाडीमामा भने फ्र्याक्चर भएको छ जसको अपरेसन काठमाडौँमा गरिनेछ। यस्तै दुर्घटनामा उनको कलेजोमा पनि समस्या देखिएको छ ।

उनको खुट्टा र हातको अपरेसन गर्नको लागि तथा थप राम्रो उपचारको लागि कोहलपुरबाट हेलिकप्टरमार्फत काठमाडौँ ल्याउने तयारी भएकाे छ । उनलाई काठमाडौँ ग्रयाण्डी हस्पिटलमा रेफर गरिएको छ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.