एजेन्सी, भदाै २९ । टाेटेनह्यामले नयाँ सिजनमा खराब सुरूआत गरेकाे छ ।

जोजे मोउरिन्होको टिम टोटनह्याम नयाँ सिजनको पहिलो खेलमा एभर्टनसँग १–० ले पराजित हुँदा प्रिमयर लिगमा खराब सुरूआत भएकाे हाे ।

Image

घरेलु मैदानमा भएको खेलमा पाहुना टिमविरुद्ध टोटनह्यामले सुरुवातबाट आक्रामक फुटबल खेलेको थियो ।

जसमा २३ औं मिनेटमा येरी मिनाले गरेको प्रहास फ्रेममा हुन सकेन ।

त्यसपछि ३३ औं मिनेटमा डेली अलीको प्रहारलाई एभर्टनको गोलकिपर जोर्डनले बचाए ।

त्यसपछि ३७ औं मिनेटमा प्रिमियर लिगमा पहिलो खेल खेलेका हामेस रोद्रिगेजको प्रहार फ्रेममा रहन सकेन ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ५५औं मिनेटमा एभर्टनले अग्रता बनायो ।

लुकास डिग्मीको फ्रिकिकलाई डोमिनिक लुविनले उत्कृष्ट फिनिस गरे ।

एक गोलले पछि परेको टोटनह्यामले त्यसपछि खेलमा फर्कन निकै प्रयास गरेको थियो । तर पनि सफल भएन ।

जसका कारण नयाँ सिजनको पहिलो खेलमा नै टोटनह्याम घरेलु मैदानमा पराजित भयो ।

यता एभर्टनले टोटनह्यामसँगको हारको श्रृखंलामा पनि पुर्णविराम लगाएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.