दुर्लभ बन्यजन्तु ‘रेडपाण्डाको’ छाला सहित ५ जना पक्राउ

२९ भाद्र २०७७, सोमबार ०५:३४

नेपालगन्ज, भदाै २९ । बाँके प्रहरीले प्रतिबन्धित रेडपाण्डाको छाला सहित ५ जनालाई पक्राउ गरेको छ ।

बाँके प्रहरीका अनुसार गोप्य सुचनाका आधारमा बाँके बैजनाथ-१ मा रहेको एउटा रेष्टुरेन्टबाट छाला सहित ५ जनालाई पक्राउ गरेको हो ।

बैजनाथ -१ स्थित गगन थारुले संचालन गरेको डेनियाल रेष्टुरेण्टमा रेडपाण्डाको मोलमोलाइ भईरहेको अवस्थामा प्रहरीले छापा मारेको थियो ।

प्रहरीले दुर्लभ वन्यजन्तु (रेडपाण्डा) को नग्रा, दात समेत रहेको छाला सहित सुर्खेतको भेरीगंगा नगरपालिका ५ का देव बहादुर बाठा,गणेश बि.क, जय बहादुर बि.क तथा जाजरकोट कुसे गाउँपालिका ईन्द्र बहादुर नेपाली र कृष्ण वलीलाई पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुलाई बन्यजन्तु संरक्षण ऐन बमोजिम अभियोगमा मुद्धा चलाईने प्रहरीले जनाएको छ ।

राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (क) बमोजिम दुर्लभ वन्यजन्तु बन्यजन्तुको अंग ओसारपसार र बिक्रीमा १० लाख रुपैयाँसम्म जरिवाना र ५ वर्षदेखि १० वर्षसम्म कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.