काठमाडौं, भदाैं २९ । साताको दोस्रो दिन नेपाली बजामा सुनचाँदीको भाउ उकालो लागेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि तोकेको भाउ अनुसार आज छापावाल सुनको भाउ तोलामा ४०० रूपैयाँले बढेको छ। आज ९६ हजार ९०० रूपैयाँ प्रतितोला रहेको सुनको भाउ हिजो ९६ हजार ५०० रूपैयाँ थियो।

यस्तै, आज तेजाबी सुनको भाउ पनि हिजोभन्दा ४०० रूपैयाँले बढेर ९६ हजार ४०० रूपैयाँ कायम भएको छ। 

आज चाँदीको मूल्य प्रतितोला १० रूपैयाँले बढेर एक हजार ३२० रूपैयाँ कायम भएको छ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.