मन्त्रिपरिषद् बैठकः कुलमानको विषयमा छलफल नै भएन

२९ भाद्र २०७७, सोमबार २२:११

काठमाडौ, भदौ २९ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा विभिन्न एजेन्डामा छलफल भएर पारित भए पनि विद्युत प्राधिकरणको कार्यकारी निदेर्शकको बारेमा निर्णय हुन सकेन ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकमा विभिन्न एजेन्डा मध्ये कुलमान घिसिङलाई विद्युत प्राधिकरणमा पुनः नियुक्त गर्ने प्रस्ताव उर्जा मन्त्रालयको सचिवालयले प्रस्ताव राखेको छ ।

विषयमा छलफल नै नभएको उर्जा तथा जलस्रोत मन्त्रीका स्वकीय सचिवले जानकारी दिए । अहिले प्राधिकरणको कार्यकारी निदेर्शकको पद आइतबारबाट रित्त छ ।

१८ घन्टा लामो लोडसेडिङ अन्त्य गरेपछि जनता माझ लोकप्रिय बनेका घिसिङलाई पर्नुबाहली गर्न सरकारलाई चौतर्फी दबाब परेको छ ।

घिसिङले आफ्नो कार्यकालमा घाटामा रहेको प्राधिकरणलाई नाफमा पुर्यारएका थिए ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.