काठमाडाैं, भदाै २९ । संयुक्त राष्ट्रसंघीय शान्ति मिसनका लागि लिबिया जान लागेका नेपाली सेनाका जवानमा कोरोना संक्रमण पुष्टि भएको छ।
सैनिक जनसम्पर्क निर्देशनालयले आइतवार यस कुराको पुष्टि गरेको हो। संयुक्त राष्ट्र संघको आह्वानमा ‘युनाइटेड नेशन मिसन सर्पोट इन लिबिया’ मिसनमा तैनाथ फौजलाई बदली गर्न सोमबार त्यसतर्फ जान लागेका नेपाली सेनाका केही जवानहरूमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुलाई लाने उडान नै स्थगित गरिएको छ।
काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा तालिम पूरा गरेर क्वारेन्टाइनमा रहेका सेनाका सदस्यमा उडान पूर्व गरिएको परीक्षण क्रममा केहीमा संक्रमण पुष्टि भएको हो।
यसरी पोजिटिभ देखिएका ‘कन्ट्र्याक्ट ट्रेसिङ’ गरी सबैको फेरि स्वास्थ्य परीक्षणपछि मात्रै रोटेशन फ्लाइटको अर्को मिति निर्धारण गरिने सैनिक जनसम्पर्क निर्देशनालयले जानकारी दिएको छ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com