असोज महिनासम्म अन्तर्राष्ट्रिय सीमा बन्द रहने

३० भाद्र २०७७, मंगलवार ०५:४०

काठमाडौं, भदौ ३० । सरकारले सोमबार मन्त्रिपरिषद निर्णयबाट असोज ५ गतेबाट राष्ट्रिय उडान देखी लामो दूरीका सार्वजनिक यातायात चलाउने निर्णय गरे पनि अन्तर्राष्ट्रिय सीमाना असोज महिना भरी बन्द गर्ने निर्णयक राखेको छ ।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भारतमा कोरोना भाइरसको फैलँदो संक्रमणलाई देखेर सीमानाका असोजभर बन्द नै राख्ने निर्णय लिएको हो ।

सरकारले नेपालीको आवातजावतका लागि यसअघि नै देशका मुख्य २० वटा नाका निर्धानरण गरिसकेको छ ।

भारतमा पछिल्लो समय दैनिक ८० देखि ९० हजारको दरमा कोरोना संक्रमित भेटिन थालेको अवस्थामा सीमानाका बन्द नै राख्ने निर्णय सरकारले लिएको हो ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.