असोज १ गतेबाटै चल्ने भए लामो दूरीका यातायात, ५० प्रतिशत भाडा वृद्धि

३० भाद्र २०७७, मंगलवार १९:५७

काठमाडाै, भदाै ३० । आन्तरिक उडान र लामो दूरीका सवारी साधन असोज १ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको छ। 

गत चैत ११ मा जारी भएको लकडाउनपछि बन्द रहेका आन्तरिक उडान र लामो दूरीका सवारी असोज १ गतेबाट सञ्चालन गर्ने निर्णय सरकारले गरेको हो।

आन्तरिक उडान र लामो दूरीका सवारीसँगै असोज १ बाट नै होटल, रेष्टुरेण्ट, ट्रेकिङ तथा ट्राभल व्यवसाय पनि सञ्चालन गर्न सकिने परराष्ट्रमन्त्री एवं सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले बताए।

लामो दूरीको सवारीमा ५० प्रतिशत भाडा बढी लिन सक्ने व्यवस्था पनि सरकारले गरेको छ।

तर हवाई भाडाको दर भने पर्यटन मन्त्रालयले तोकेअनुसार हुने निर्णय भएको छ।

५० प्रतिशत मात्रै यात्रु बोक्न पाइने, प्रत्येक १ सिटमा १ जना मात्रै राख्न पाइने, स्यानिटाइजर र मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने छ।

संक्रमणको अवस्था हेरी स्थानीय प्रशासनले आवश्यक निर्णय गर्न सक्ने उनले बताए।

स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा उनले असोज १ गतेबाट खुल्ने आन्तरिक उडान, लामो दूरीका सवारी सञ्चालन तथा होटल व्यवसाय सञ्चालनमा स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाउनुपर्ने छ।

अन्तर्राष्ट्रिय सीमानाकाबाट हुने आवागमन भने कार्तिक ३० सम्म बन्द नै गर्ने निर्णय भएको छ । 

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.