आइसोलेसनमा संक्रमितलाई आकस्मिक सेवा प्रदान दिन मन्त्रालयको निर्देशन


काठमाडौं, भदौ ३० । होम आइसोलेसनमा रहेको बिरामीहरुलाई आकस्मिक सेवा प्रदान गर्न उपत्यकाका सबै अस्पतालहरूलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन गरेको छ ।

होम तथा होटल आइसोलेसनमा रहेका संक्रमितहरू आकस्मिक सेवा लिनबाट बञ्चित भएको जनगुनासो आएको भन्दै मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले यस्ता संक्रमितहरूलाई तत्काल सेवा प्रदान गर्न अस्पतालहरूलाई निर्देशन दिएका हुन् ।

मन्त्रालयले टेकु अस्पतालसहित, पाटन, टिचिङ, भक्तपुर र सबै अस्पतालहरूलाई होम आइसोलेसनमा रहेका संक्रमितहरूलाई आकस्मिक सेवा प्रदान गर्न भनेको हो ।

अस्पतालहरूले पोजेटिभ भएर अस्पतालमा आकस्मिक भर्ना भएका संक्रमितहरूको अस्पतालले उपचार गरिरहेको भए पनि यसअघि होम तथा होटलमा रहेका संक्रमितहरूलाई भने आकस्मिक सेवा प्रदान गरिएको थिएन ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope