कर्मचारीले गरे कुलमानको बिदाइ

३० भाद्र २०७७, मंगलवार १६:१५

काठमाडौं, भदाै ३० । चार वर्षे कार्यकाल सकिएका नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाइ मंगलबार विदाइ गरिएकाे छ ।

घिसिङलाई मंगलबार प्राधिकरणले बिदाइ गरेको हो। २०७३ भदौ २९ गते ४ वर्षका लागि विद्युत प्राधिकरणको कार्यकारी प्रमुख पदमा नियुक्त भएका घिसिङको कार्यकाल आइतबार सकिएको हो। 

घिसिङको कार्यकाल सकिन लागेसँगै उनलाई प्राधिकरणकै कार्यकारी प्रमुखमा दोहोर्‍याउनुपर्ने सार्वजनिक दबाब बढेको छ। तर अहिलेसम्म सरकारले भने उनको पुनर्नियुक्तिको औपचारिक प्रस्ताव तयार गरेको छैन। 

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.