काठमाडौं, भदाै ३० । कोभिड-१९ बाट विश्वमा संक्रमितको संख्या दुई करोड ९४ लाख ३३ हजार ४६१ पुगेको छ।  

पछिल्लो २४ घण्टामा दुई लाख ४० हजार ४४२ जना संक्रमित थपिएका हुन्। वर्ल्डोमिटरका अनुसार हालसम्म दुई करोड १२ लाख ६४ हजार ९८१ जना संक्रमणमुक्त भएका छन्।

विश्वमा सक्रिय संक्रमितको संख्या ७२ लाख ३६ हजार ९० छ।  यस्तै काेभिड-१९ बाट मृत्यु हुनेकाे संख्या ९ लाख ३२ हजार ३९० पुगेकाे छ।  पछिल्लाे २४ घण्टामा थप चार हजार ३२० जनाकाे मृत्यु भएकाे हाे। 

पछिल्लो २४ घण्टामा कोरोनाका कारण विश्वमा ४ हजार ७७१ को मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार अघिल्लो २४ घण्टामा ५ हजार ५३६ कोरोना संक्रमितको मृत्यु भएको थियो ।  

विश्व स्वास्थ्य संगठनका अनुसार २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ९ लाख २२ हजार २५२ जनाको मृत्यु भइसकेको छ ।  संक्रमितको संख्या २ करोड ८९ लाख १८ हजार ९०० पुगेको छ । 

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.