काठमाडौ, भदाै ३० । मंगलबार नेपालमा एक हजार ४५९ जना नयाँ कोरोना भाइरसका संक्रमित थपिएका छन्। एकै दिनमा थपिएकाे याे संख्या हालसम्मकै उच्च हाे। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भएको १० हजार ३७५ जनाकाे पीसीआर परीक्षणबाट उक्त संक्रमित थपिएका हुन्।

याेसँगै नेपालमा काेराेना संक्रमितकाे कूल संख्या ५६ हजार ७८८ पुगेकाे छ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ७७९ छ भने ७ हजार २५० जना क्वारेन्टिनमा छन्।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६२ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ४० हजार ६३८पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ७७९ छ। कुल संक्रमितमध्ये निको हुनेको दर ७१‍‍ दशमलव ५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। 

यस अवधिमा मृतक ११ जनामा कोरोना पुष्टि भएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३७१ छ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.