गण्डकी प्रदेशमा ४७ कोरोना सङ्क्रमित थपिए

३० भाद्र २०७७, मंगलवार १५:५०

पोखरा, भदाै ३० । गण्डकी प्रदेशमा ४७ जना कोरोना सङ्क्रमित थपिएका छन्।

प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार ११२ जना पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए।

थपिनेमा नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) का २०, स्याङ्जा १२, तनहुँ नौ, कास्की तीन, गोरखा, लम्जुङ र मनाङका एक/एकजना रहेको निर्देशनालयले जनाएको छ।

निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा ७१८ जनाको पिसिआर परीक्षण गरिएकामा ४८ जनामा कोरोना पुष्टि भएको छ।

परीक्षण गरिएकामध्ये ६२६ जनाको नेगेटिभ रिपोर्ट आएको छ भने एकको मृत्यु एवम् ४४ जनाको पुन: पोजेटिभ देखिएको छ। रासस

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.