जग्गा कित्ताकाट तत्काल रोक्न सर्बोच्चको आदेश
काठमाडौं, भदौ ३० । सरकारले जग्गा कित्ताकाट खुलाउने निर्णयलाई सर्बोच्च अदालतले तत्काललाई कार्यान्वयन नगर्न आदेश दिएको छ ।
अदालतले सोमबार एक अल्पकालीन आदेशमा सरकारलाई जग्गाको कित्ताकाट खुलाउने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।
सर्बोच्चका अधिवक्ता सन्तोष भण्डारीले हालेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश सुष्मलता माथेमाको इजलासले तत्कालका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले गरेको मन्त्रिस्तरीय उक्त निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।
अल्पकालीन आदेशसँगै दुवै पक्षलाई छलफलका लागि असोज ६ गते बोलाइएको छ । आवश्यक छलफलपछि सरकारको आदेश कार्यान्वयन गर्ने नगरेबारे टुंगो हुनेछ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस