काठमाडौ, भदौ ३० । भारी वर्षाका बाढीको जोखिम रहेको भन्दै सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान शाखाले सर्वसाधारणमा सचेत गराएका छन् ।
पछिल्लो ३ घण्टा झापाको चन्द्रगढी र आसपास अतिठूलो वर्षा भएको, ईलामको मैनाचुलीलगायत झापा, मोरङ, सुनसरीको भारतीय सीमा आसपास पनि मध्यमदेखि ठूलो वर्षा भएको छ ।
मेची, विरिङ, निन्दालगायत झापा, मोरङ सुनसरी भई बहने स–साना नदीमा आकस्मिक बहाव हुन सक्ने भएकोले मध्यान्ह १२ बजेसम्म सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
त्यस्तै गएराति नारायणगढ– मुग्लिङ सडक खण्डको कालीखोला र आसपास अति ठूलो वर्षाका कारण पहिरोको समेत जोखिम रहेकोले यात्रा गर्दा सचेत रहन भनिएको छ ।
कास्कीको पोखरा र आसपासमा पनि धेरै पानी परेकोले कास्की भई बहने साना नदीमा बहाव बढ्न सक्ने अनुमान गरिएको छ । तनहुँ, लमजुङ, स्याङ्जा,बागलुङ, पर्वत भई बहने स–साना नदीमा पनि बाढीको जोखिम रहेकोले तटिय क्षेत्रका वासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरिएको छ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com