एजेन्सी, भदाै ३० । इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएकाे खेलमा लण्डन क्लब चेल्सीले लिगको पहिलो खेलमा ब्राइटनमाथि सहज जित निकालेको छ ।

ब्राइटनको घरेलु मैदानमा चेल्सीले ३–१ को जित निकालेकाे हाे । चेल्सीको जितमा जोर्गिन्हो, रिस जेम्स र कर्ट जुमाले गोल गरे । घरेलु टोलीका लियान्ड्रो ट्रोसार्डले एक गोल फर्काएका थिए ।

खेलमा अग्रता चेल्सीले २३ औं मिनेटमा जोर्गिन्होको पेनाल्टी गोलबाट लिएको थियो । ब्राइटनका गोलकिपरले चेल्सीका फरवार्ड टिमो वार्नरलाई डिबक्स भित्र लडाएपछि लण्डन क्लबले पेनाल्टीको अवसर पाएको थियो । जसमा कप्तानी भूमिकामा रहेका जोर्गिन्हो चुकेनन् ।

Image

५४ औं मिनेटमा ट्रोसार्डको गोलमार्फत ब्राइटन खेलमा फर्कने संकेत गरेको थियो । ब्राइटनका युवा खेलाडी लाम्पार्टीले उपलब्ध गराएको पासमा उनले डिबक्स बाहिरबाट गोल गरेका थिए ।

लाम्पार्टीले ब्राइटनबाट खेलमा राम्रो प्रभाव जमाएका थिए । उनले चेल्सीको डिफेन्स लाइनलाई दबाबमा राखेका थिए ।

Image

ब्राइटनले बराबरी गोल फर्काएको दुई मिनेटमै चेल्सीले खेलमा पुन अग्रता बनायो । जेम्सले डिबक्स बाहिरबाट प्रहार गरेको बलले जाली चुमेको थियो । जोर्गिन्होले उपलब्ध गराएको पासलाई जेम्सले पोस्टको दिसा दिएका थिए ।

उनै जेम्सको पासमा चेल्सीका डिफेन्डर जुमाले कमजोर डिफेन्सको फाइदा उठाउँदै चेल्सीका लागि तेस्रो गोल गरेका थिए ।

Image

मुख्य प्रशिक्षक फ्राङ्क लाम्पार्डले दुई नयाँ खेलाडी टिमो वार्नर र काइ हाभर्ट्जलाई पहिलो रोजाईमा राख्दै मैदान उतारेका थिए ।

पहिलो हाफमा अग्रता लिएपनि चेल्सीको प्रर्दशन सुस्त थियो । दोस्रो हाफमा मात्र चेल्सीले लय समाएको देखिन्थ्यो ।

प्रिमियर लिगको डेब्यु खेलमा वार्नरले प्रभाव जमाएपनि गोल गर्न भने सकेनन् । जितसंगै चेल्सीले पहिलो खेलबाट महत्वपूर्ण ३ अंक जोडेको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.