काठमाण्डौ, भदौ ३० । पूर्वी नेपालकी चेली बिमला तुम्खेवा लामो समयदेखि साहित्यिक लेखनमा सक्रिय छिन् । विगत पच्चिस बर्षदेखि निरन्तर कविता लेखनमा सक्रिय उनीको नाम साहित्यको क्षेत्रमा चर्चीत नाम हो ।

जीवनका धेरै उतार चडावकबीच साहित्यिक लेखनमा सक्रिय तुम्खेवाले कहिले दुख, पिडा त कहिले राज्य र सरोकारवालालाई झकझकाउँदै कलमहरु चलाइरहेकी छिन् ।

नदी छाल र तरङ्गहरु, संस्मरण एउटा बूढो रुखको, हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे गरि चार कवितासंग्रह नेपाली साहित्य फाँटमा निकै लोकिप्रय बन्दै गएकी कविका कवितामा सर्वहारा वर्ग , साधारण नागरिकको जीवन झल्कीरहेको हुन्छ ।

कवि तुम्खेवाको कलम कवितामात्र सिमित छैन । साहित्य विधाका अन्य क्षेत्रमा पनि उत्तिकै निपूर्ण तुम्खेवा कविताका आलाव कथा लेखनमा पनि उत्तिकै अबल छिन ।

अखवारी लेखनमा पनि परिचय बनाइसकेकी तुम्खेवाले कथामा मार्फत नेपाली समाजको भोगाईलाई कौसलता पूर्वक पात्रबाट प्रस्तुत गर्दै आएकी छिन । महिला स्वतन्त्रता विषय शशक्त आवाज उठाउने तुम्खेवा नेपाली पत्रकारिता क्षेत्रको उदाउँदो नक्षत्र पनि हो ।

सञ्चारीका समूहको केन्द्रीय महासचिव समेत रहेकी तुम्खेवालाई आफ्ना कृति वाचन र पुस्तकहरुले नेपालमा व्यस्त मात्र बनाएको छैन् । देश विदेशमा पनि तुम्खेवालाई उत्तिकै भ्याइ नभ्याइ छ । तुम्खेवा केही महिना अघि कविता वाचनको लागि हङकङ पुगेकी थिइन् ।

यहाँबाटै सुरु भयो होला
प्रेमकाे अभिमतहरु
म,
सुर्यास्तपछिको जूनसँग
आलिङ्गन हुन आतुर छु
जुन,
तिमीलाई अँगालो भरिभरि
चुमेर रुन चाहान्छु
कि हामी केवल भ्रम हौं
भनेर ।
पानीको सतहहरुमा तिमीले
चुम्दै गएको पानी लालीमा
मेरो प्रेमको संस्मरणमा
उत्कृष्ट चेतना भएर उभिने
छ ।

जहाँ मैले,
चेतना प्राप्तिको प्रसव वेदना
भोगेको छु
कति म तिमीसँग मर्दै बाच्दै
गर्ने यो शहरको कथा सुनाऊँ
कति म तिमीसँग वेदनाको
कुरा गरौं

आऊ ! एकैछिन छालहरुको कुरा गरौं र हराऔं तरङ्गहरुमा

( ‘नदी छाल र तरङ्गहरु’ कवितासंग्रहबाट)

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.