काठमाडौं, भदाै ३० । अर्थ मन्त्रीबाट राजीनामा दिएको युवराज खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक सल्लाहकार नियुक्त गरेका छन् । सल्लाहकारमा नियुक्त भएको खतिवडलाई मन्त्री सरह सेवा सुविधा हुने छ ।
सोमबारको मन्त्रिपरिषद बैठकले डा. युवराज खतिवडालाई मन्त्रिसरहको सुविधासहित प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको छ।
करिब अढाई वर्षसम्म देशको अर्थमन्त्रालय सम्हालेका खतिवडालाई सरकारले प्रधानमन्त्री ओलीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको हो।
यसबारेको जानकारी सरकारका प्रवक्ता एवम् परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले मंगलबार दिएका छन्।
राष्ट्रियसभा सदस्यमा मनोनित भएपछि अर्थमन्त्री बनेका खतिवडाले कार्यकाल सकिएपछि भदौ १९ गते राजीनामा दिएका थिए। उनले राजीनामा दिएको १० दिनमै मन्त्रिसरहको नयाँ नियुक्ति पाएका हुन्।
खतिवडा अर्थबाट बाहिरिएपछि नयाँ अर्थमन्त्रीको चर्चा भइरहेका बेलामा उनी प्रधानमन्त्रीका विशेष सल्लाहकार भएका छन्।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com