एजेन्सी, भदाै ३० । खगोलशास्त्रीहरुले शुक्र ग्रहमा जीवन हुनसक्ने संकेत पाएको बताएका छन् । शुक्र ग्रहमा पाइएको ग्यासका आधारमा शुक्र ग्रहमा जीवनको संकेत प्राप्त भएको हो । 

कार्डिफ विश्वविद्यालयका वैज्ञानिकहरुले त्यहाँ फास्फिन ग्यास फेला परेको भन्दै त्यहाँको वायुमण्डलमा जीवहरु तैरिएर रहेको हुनसक्ने औंल्याएका छन् । 

वैज्ञानिकका अनुसार एक फास्फोरसको कण र तीन वटा हाइड्रोजनको कण मिलेर यो ग्यास बन्दछ । 

पृथ्वीमा पनि फास्फिनको सम्बन्ध जीवनसँग छ । यो पेन्गुइन जस्ता जनावरको पेटमा पाइने सुक्ष्म जीव या दलदलजस्तो कम अक्सिजन भएको स्थानमा पाइन्छ । 

यो ग्यासलाई माइक्रो ब्याक्टेरियाहरुले अक्सिजनको अनुपस्थितिमा उत्सर्जन गर्छन् । फास्फिनलाई कारखानामा पनि बनाउन सकिन्छ । तर शुक्र ग्रहमा कारखाना र पेन्गुइन निश्चित रुपमा छैनन् । 

शुक्र ग्रहमा यो ग्याँस किन छ, त्यो पनि ग्रहको सतहभन्दा ५० किलोमिटरमाथि ? कार्डिफ विश्वविद्यालयका प्राध्यापक जेन ग्रिब्स र उनका सहकर्मीहरुको प्रश्न यही हो ।

उनीहरुले नेचर एस्ट्रोनोमी नामको जर्नलमा एक पेपर प्रकाशित गरेका छन् । जसमा शुक्र ग्रहमा पाइएको फास्फिन ग्रहका बारेमा विस्तारमा लेखिएको छ । अनुसन्धानबारेमा स्पष्ट पार्न कोशिस गरिएको छ । 

जसमा अणु कुनै प्राकृतिक, नन बायोलोजिकल माध्यमबाट बनेको हुनसक्ने उल्लेख गरिएको छ । वैज्ञानिकको टिमले शुक्र ग्रहमा जीवन भेटिएको दाबी गरिएको छैन । तर यस सम्भावनाका बारेमा खोज हुनुपर्ने औंल्याइएको छ । 

पृथ्वीबाट नजिकै रहेको शुक्र ग्रहमा जीवनको सम्भावना निकै कम रहेको अनुमान गरिन्छ । शुक्र ग्रहको वायुमण्डल बाक्लो रहेको छ र कार्बन डाइअक्साइड बढी मात्रामा छ । 

यहाँको वातावरणमा ९६ प्रतिशत कार्बन डाइअक्साइड रहेको छ । यस ग्रहमा वायुमण्डलीय दबाव पृथ्वीको तुलनामा ९० गुणा बढी छ । यसको सतहको तापक्रम ४०० डिग्री सेल्सियस भन्दा बढी छ । 

त्यसैले त्यहाँ कुनै जीवनको सम्भावना परिकल्पना गरिएको छ । त्यसैले त्यसभन्दा ५० किलोमिटर माथि जीवहरु तैरिएर रहेको हुनसक्ने अनुमान गरिएको हो । 

शुक्र ग्रहमा घना बादल रहेको छ । जसमा ७५–९५ प्रतिशत सल्फ्युरिक एसिड रहेको छ । जुन सेलुलर संरचनाका लागि घातक छ । जसबाट पृथ्वीमा रहेका जीव बनेका छन् । 

वैज्ञानिकहरुले यदि त्यहाँ सुक्ष्म जीव भएमा तिनीहरुले सल्फ्युरिक एसिडबबाट बच्नका लागि कुनै प्रकारको कवच बनाउनु आवश्यक छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.