सात महिनापछि इटालीमा विद्यालयहरु खुले

३० भाद्र २०७७, मंगलवार ०८:१४

एजेन्सी, भदाै ३० । काेराेना महामारीले थलिएकाे इटालीका अति प्रभावित क्षेत्रमा सात महिनापछि सोमबारदेखि विद्यालयहरु खुलेका छन् । ।

देशको कोडोग्नो क्षेत्रका बालबालिकाहरु गत फेब्रुअरी २१ देखि विद्यालय जान नपाएकोमा सोमबारी देखि विद्यालय प्रवेश गरेका हुन् । 

देशको उत्तरी क्षेत्रमा पर्ने यस ठाउँमा त्यसबेला देखि केही समय कोरोनाभाइरसको महामारी उत्कर्षमा पुगेको थियो । 

इटलीमा दुई महिनासम्म अति कडा लकडाउन लागु गर्दा झण्डै ८० लाख बालबालिका प्रभावित भएका थिए ।

यहाँका धेरै बालबालिकाहरुले कोरोनाका कारण हजुरबुवा हजुर आमा गुमाएका छन् भने कतिपयले अन्य आफन्तहरु पनि गुमाएका छन् । 

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.