एजेन्सी, भदाै ३० । सेफिल्ड युनाइटेडलाइ हराउँदै उल्भरह्याम्पटनले इंग्लिस प्रिमियर लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।

सोमबार राति भएको खेलमा सेफिल्ड युनाइटेडलाई २-० गोल अन्तरले पराजित गर्दै उल्भ्सले सुखद सुरुवात गरेको हो । सेफिल्डको मैदानमा उल्भ्सलाई जित दिलाउन राउल जेमिनेज र रोमेन साइसले एक एक गोल गरे ।

खेलको तेस्रो मिनेटमा जेमिनेजले गोल गर्दै उल्भ्सलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको छैटौं मिनेटमा रोमेनले गोल गर्दै उल्भ्सलाई २-० को जित दिलाए ।

जितसँगै उल्भ्सले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ । उल्भ्स तालिकाको तेस्रो स्थानमा रहेको छ । सेफिल्डले भने हारबाट सिजनको सुरुवात गरेको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.