दीर्घरोगका बिरामिको आजदेखि कोरोना परीक्षण निःशुल्क


बुटवल, भदाै ३० । बुटवल उपमहानगरपालिकाले लामो समयसम्म जटिल उपचार गर्नुपर्ने विभिन्न खालका दीर्घरोगका बिरामिको आजदेखि कोरोना परीक्षण निःशुल्क गर्ने भएको छ ।

नेपाल सरकारबाट तोकिएका क्यान्सर, मृगौलाको डायलाइसिस गर्नुपर्ने बिरामी, मुटु रोग, पार्किन्सन्स, अल्जाइमर, स्पाइनल इन्जुरी र सिकलसेल एनिमियाबाट पीडित बिरामीको निःशुल्क पिसीआर परीक्षण गर्ने निर्णय गरिएको नगर प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो । उपमहानगरपालिकाले यस खालको सुविधा उपमहानगरपालिकाभित्र बसोबास गर्ने नगरवासीलाई प्रदान गर्ने निर्णय गरेको नगरप्रमुख सुवेदीले बताउनुभयो ।

यो सुविधा लिने सेवाग्राहीले आफू बसोबास गर्दै आएको वडा कार्यालयको सिफारिस र रोगको उपचारका अन्य आवश्यक कागजातसहित आउनुपर्ने व्यवस्था गरिएको छ । यसका लागि उपमहानगरपालिकाका स्वास्थ्य क्षेत्रका कर्मचारीलाई जिम्मेवारी तोकिएको जनाइएको छ ।

यस खालका बिरामीको स्वाब सङ्कलनका लागि नगरका वार्ड नं. ११ बुद्धनगरस्थित शहरी स्वास्थ्य केन्द्रमा र वार्ड नं. १४ स्थित सेमलार स्वास्थ्य चौकीमा व्यवस्था गरिएको उपमहानगरपालिकाका शिक्षा, स्वास्थ्य तथा जनसंख्या महाशाखा प्रमुख मित्रमणि खनालद्धारा जारी सूचनामा जनाइएको छ ।

उपमहानगरपालिकामा यस खालका उपचार गराइरहेका दीर्घरोगका बिरामीको यकिन तथ्याङ्क आउन नसके पनि वार्डगत सिफारिसका आधारमा करिब दुई सयको सङ्ख्यामा रहेको अनुमान गरिएको प्रमुख प्रशासकिय अधिकृत चक्रपाणि शर्माले बताउनुभयो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope