शेयर बजारको बढ्दो क्रममा लाग्यो ब्रेक
काठमाडौं, भदाै ३० । सेयर काराेबारमा मंगलबार ४.४७ अंकले ओरालो झरेको छ। कारोबार सुरु भएको केही समय सुधार देखिए पनि साढे एक बजेसम्ममा १३ अंकको गिरावट आएको थियो।
नेप्से सूचक घटेर १५३६.०३ अंकमा रोकिएको थियो। कारोबार रकम एक अर्ब ८० करोड रुपैयाँ नाघेको छ। १९१ वटा कम्पनीको कारोबार हुँदा ४८ वटा कम्पनीको मात्रै सुधार भएको छ। पाच वटा कम्पनीको शेयर मूल्य अधिकत बढ्ने क्रममा सर्किट लागेको छ।
१०५ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आउदा माउन्टेन हाइड्रोनेपालको शेयर मूल्य ४.८५ प्रतिशतले घटेको छ। होटल, जीवन बीमा र म्युचुअल फण्डको सूचकमा सुधार देखिए पनि बाँकी सूचक तथा उपसूचक घटेका छन्।
पछिल्लो समय सुधार भैरहेको शेयर बजारमा मंगलबार ब्रेक लागेको छ। नाफा बुक पछि पनि बजार सुधार हुने अपेक्षा गरिए पनि पुनः बजार घट्ने संकेत देखिएको छ। अहिलेको सर्ट ट्रम बुलमा ब्रेक लागे सँगै केहि समय बजार करेक्सन हुनेछ। करेन्सन पछि बजार सुधार हुने विश्लेषकहरु बताउछन्।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस