जापानको नयाँ प्रधानमन्त्रीमा योशिहिदे सुगा निर्वाचित


एजेन्सी, भदौ ३१ । संसदमा भएको मतदानबाट जापानका पूर्व मुख्य सचिव योशिहिदे सुगा प्रधानमन्त्रीमा निर्वाचित भएका छन ।

लिब्रल डेमोक्रेटिक पार्टी (एलडीपी) को बहुमत रहेको संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिका ४ सय ६५ सदस्यमध्यबाट ३ सय १४ मत प्राप्त गर्दै नयाँ प्रधानमन्त्री चुनिएका हुन ।

यस अघि स्वास्थ्य समस्याका कारण प्रधानमन्त्री पदबाट राजीनामा दिएका सिन्जो आबेको उत्तराधिकारीका लागि जापानको सत्तारुढ दल एलडीपी सोमबार नयाँ नेताको रुपमा योशिहिदेलाई सुगालाई निर्वाचित गरेको थियो ।

प्रधानमन्त्रीमा निर्वाचित भएसँगै सुगाले कोरोना महामारीका कारण तहस नहस भएको अर्थतन्त्र उकास्न आफ्नो जोड रहने बताएका छन ।

आबेका नजिकका मित्रसमेत रहेका ७१ वर्षीय योशिहिदे यसअघि आबे सरकारका मुख्य सचिव थिए । उनले आबेले लिएका नीतिलाई निरन्तरता दिने अपेक्षा गरिएको छ । सुगाको कार्यकाल सन् २०२१ को सेप्टेम्बर सम्म रहेको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope