तरकारी बजारमा मन्त्रीको अनुगमन, ग्राहक बनेका मन्त्रीलाई नै प्याज व्यापारीले ठगे

३१ भाद्र २०७७, बुधबार १४:१२

काठमाडौं, भदौ ३१ । बल्खुस्थित तरकारी बजारका चार जनत प्याज व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेको महानगरीय प्रहरी वृत्त कालीमाटीमा राखिएको छ । बिहान मात्रै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसहितको टोलीले बल्खुलगायत विभिन्न तरकारी बजारको अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा प्रतिकिलो ४८ रुपैयाँमा खरिद गरेको प्याज १२० रुपैयाँमा बेचेको पाइएपछि व्यापारीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्याज किन्न उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट बल्खु तरकारी बजारमा आफै गएका थिए । सोही क्रममा त्यहाँका व्यापारीले मन्त्रीलाई नै ४८ रुपैयाँमा खरिद गरेको प्याजलाई १ सय २० रुपैयमा बेचेका थिए ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.