मृत्यु भएकाको कोरोना परिक्षण नगर्न मन्त्रालयको निर्देशन


काठमाडौं, भदौ ३१ । मृत्यु भएका व्यक्तिहरुको नमुना संकलन गरेर कोरोना परिक्षण नर्गन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ ।

बुधबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मृत्यु भएका व्यक्तिको कोरोना परीक्षण नगर्न निर्देशन दिएका हुन ।

‘मृत्यु भएका व्यक्तिहरुको नमुना झिकेर कोरोना परीक्षण गरेको सूचना आएको छ ,तर अब त्यस्तो नगर्न निर्देशन छ,’ प्रवत्ता डा. गौतमले भने, ‘कोरोनासँग मिल्दो जुल्दो लक्षण भएका व्यक्तिको मृत्यु भएर शव व्यवस्थापन गर्दा सबै सावधानी अपनाउनुपर्ने र सम्पर्कमा आएकाहरु १४ दिन क्वारेन्टिनमा बस्नुपर्नेछ ।’

प्रवत्ता डा. गौतमका अनुसार इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले उक्त निर्णय गरेको हो । शव व्यवस्थापनसम्बन्धी निर्देशिका परिमार्जन गर्दै लैजाने उनले बताए ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope